आज पनि रु ८ सयले घट्यो सुन मूल्य

नवयुग संवाददाता
२७ पुष २०७७, सोमबार ११:०३

 

Advertisement

Advertisement

काठमाडौं । साताको दोस्रो दिन नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । सुन आज ८ सयले घटेको हो । आइतबार २ हजार ३ सयले घटेको थियो ।

Advertisement

गत हप्ता आइतबार स्थिर रहेको सुन सोमबार प्रतितोला ८ सयले बढेको थियो । मंगलबार ११ सयले बढेको थियो । बुधबार ३ सयले बढेको सुन विहिबार १३ सयले घटेको थियो । शुक्रबार पनि सुन एक सयले घटेको थियो ।

Advertisement

आज सुन प्रतितोला ९२ हजार २ सय रुपैंयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय कायम गरिएको छ । चाँदीको मूल्य पनि आज घटेको छ । आज चाँदी ४० रुपैंयाँले घटेको छ । १ हजार २३० रुपैंयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*