अल्भेस मोराइजको ह्याट्रिकमा टोटनह्याम एफए कप फुटबलको चौथो चरणमा प्रवेश

नवयुग संवाददाता
२७ पुष २०७७, सोमबार ११:२२

Advertisement

एजेन्सी  २७ पुष । टोटनह्याम एफए कप फुटबलको चौथो चरणमा पुगेको छ । गएराति अवे मैदानमा भएको खेलमा टोटनह्यामले मारिनेलाई ५–० गोल अन्तरले ले पराजित गर्दै जित निकालेको हो ।

Advertisement

पहिलो हाफमा चार गोल गरेको टोटनह्यामले दोस्रो हाफमा थप एक गोल गरेको हो । उसका लागि अल्भेस मोराइजले २४, ३० र ३७ औँ मिनेटमा गोल गरि ह्याट्रिक पूरा गरे । यस्तै ३२ औँ मिनेटमा लुकास मौरा र ६० औँ मिनेटमा डेविनले गोल गरे ।

Advertisement

गएराति राति नै भएको खेलमा बिर्मिङ्गहमलाई ३–० ले पराजित गरेर म्यानचेस्टर सिटीले पनि चौथो चरणमा स्थान बनाएको छ ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*