व्यक्तिको पिकअप भ्यानमा आगजनी

नवयुग संवाददाता
२७ पुष २०७७, सोमबार ११:२९

Advertisement

सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिका–६ गोरगमा सोमवार बिहान एउटा पिकअप भ्यानमा आगजनी गरिएको छ ।

Advertisement

स्थानीय बेचन मुखियाको पिकअप भ्यानमा बिहान अपरिचित व्यक्तिको १ समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार आफ्नो घर अगाडि राखिएको स१च १७२५ नम्बरको भ्यानमा आगजनी गर्दा अगाडिको भाग पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिए ।

Advertisement

बिहान करीब १ः०० बजेतिर घर अगाडि पार्किङ गरी राखिएको अवस्थामा परालमा पेट्रोल छर्केर आगजनी गरेको पीडित मुखियाले बताए । सो आगलागीबाट झण्डै २४ लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले अनुमान गरेको छ ।

पिकअपमा आगजनी व्यक्तिगत रिसइबीका कारण गरेको हुनसक्ने अनुमान गरिएको छ । घटनामा संलग्नको खोजी र घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*