सशस्त्रको टोलीद्वारा लागुऔषधसहित पक्राउ

नवयुग संवाददाता
२७ पुष २०७७, सोमबार १३:२८

Advertisement

सिरहा । लागुऔषधसहित एक जना पक्राउ परेका छन् । सिरहा औरही गाउँपालिका दरैया स्थित सीमा ईलाकाबाट आइतबार सशस्त्र प्रहरी बलको टोलीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको हो ।

Advertisement

पक्राउ पर्नेमा सोही जिल्लाको गोलबजार नगरपालिका २ बस्ने गौरव भण्डारी छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वरियापट्टिबाट खटिएको सशस्त्रको टोलीले शंका लागि जाँच गर्दा उनको साथमा नाईट्राभेट ट्याब्लेट ४ वटा, स्पास्मो ट्याब्लेट ५ वटा र डाईलेक्स डिसी २ बोतल फेला परेपछि पक्राउ गरेको जनाएको छ ।

Advertisement

भण्डारीलाई बरामद लागुऔषधसहित आवश्यक कारवाहीको लागि प्रहरी चौकी हरकट्टिमा बुझाएको प्रहरीले जानकारी दिएको छ ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*