अस्ट्रेलिया र भारत बीचको तेस्रो टेष्ट बराबरी

नवयुग संवाददाता
२७ पुष २०७७, सोमबार १५:२८

 

Advertisement

Advertisement

काठमाडौं । बोर्डर गावास्कार ट्रफी अन्तर्गत अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट बराबरीमा सकिएको छ । तेस्रो टेस्ट बराबरीमा सकिएपछि अब चौथो तथा अन्तिम टेस्ट निर्णायक हुने भएको छ ।

Advertisement

सिड्नीमा भएको टेस्टको अन्तिम दिन सोमबार भारतले दोस्रो इनिङ्समा ५ विकेट गुमाएर ३ सय ३४ रन बनाएपछि खेल बराबरीमा सकिएको हो ।

Advertisement

भारतका लागि ऋषव पन्तले ९७ रन बनाए । यस्तै चेतेश्वर पुजाराले ७७ र रोहित शर्माले ५२ रन बनाए ।

रविचन्द्र आश्विन र हनुमा विहारीले अन्तिम सेसन पूरै ब्याटिङ गरेपछि टेष्ट बराबरीमा सकिएको हो । आश्विन ३९ र हनुमा बिहारीले अविजित २३ रन बनाए ।

अस्ट्रेलियाका जोस हेजलउड र नाथन लायनले २र२ विकेट लिए ।

यस अघि चौथो दिन अस्ट्रेलियाले ३ सय १२ रन जोडेर दोस्रो इनिङ्स समाप्तिको घोषणा गरेपछि भारतले विशाल लक्ष्य पाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*