हेटौंडाको होटल सामनामा मृत भेटिए केसी
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नं ४ स्थित होटल सामनामा एकजना पुरुष मृत भेटिएका छन् । ओखलढुंगा घर भई भक्तपुर बस्दै आएका ६० वर्षका लेखजंगध्वज केसीको शव होटल सामानामा आइतबार फेला परेको हो ।
उनी हेटौंडा सिमेन्ट उद्योगको लेखा परीक्षणका लागि पुस १२ गते हेटौंडा आएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।
उनीसहित ४ जनाको टोली केही दिनदेखि होटलमा बसेको प्रहरीले जनाएको छ ।टोली केही दिनदेखि होटलमा बसेको प्रहरीले जनाएको छ ।
