दार्चुला केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्यूडको भूकम्प
काठमाडौं । दार्चुलामा भूकम्पको धक्का महसुस भएको छ । मंगलवार (आज) दार्चुला केन्द्रबिन्दु भएर ४ दशमलव २ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार बिहान ९ः४८ बजे भूकम्पको धक्का महसुस भएको हो । यद्यपी कुनैपनि ठूलो मानवीय तथा भौतिक क्षति नभएको बुझिएको छ ।
यसअघि सोमवार दिउँसो काठमाडौं कुलेश्वर आसपास केन्द्रबिन्दु भएर ३ दशमलव १ म्याग्निच्यूटको भूकम्प गएको थियो ।
