बिन्धवासिनी म्युजिक प्रालिकी अध्यक्ष पक्राउ

नवयुग संवाददाता
२८ पुष २०७७, मंगलवार ११:५८

Advertisement

काठमाडौं । बिन्धवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मी पक्राउ परेकी छन्। प्रतिलिपि अधिकार उल्लंघन गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई हिजो (सोमवार) पक्राउ गरेको हो ।

Advertisement

गायक प्रमोद खरेललगायतका ५७ जना कलाकारले महानगरीय प्रहरी परिसर काठमाडौंमा प्रतिलिपि अधिकार उल्लंघनमा उनीविरुद्ध जाहेरी दिएका थिए । सोही जाहेरीको आधारमा प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएपछि पक्राउ गरेको हो ।

Advertisement
Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*