लाठी प्रहार गरी भाइको हत्या, दाजु पक्राउ

नवयुग संवाददाता
२८ पुष २०७७, मंगलवार १३:०५

Advertisement

बाँके । बाँकेमा आफ्नै सहोदर भाइ १७ वर्षीय रहिस खाँको टाउकोमा लाठी प्रहार गरी हत्या गरेको आरोपमा दाजु पक्राउ परेका छन् । पक्राउ पर्नेमा नरैनापुर गाउँपालिका–४, नरैनापुर बस्ने ३० वर्षीय ईसाईल खाँ छन् ।

Advertisement

सोही ठाउँस्थित वारीसी बाबा सामुदायिक वनमा गएको अवस्थामा ईसाईलले लाठी प्रहार गर्दा रहिसको घटनास्थलमै मृत्यु भएको सूचनापछि इलाका प्रहरी कार्यालय नैनापुर र इलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरी टोलीले ईसाईललाई नियन्त्रणमा लिएको हो ।

Advertisement
Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*