महिला हत्यामा संलग्न मण्डल कारागार चलान

नवयुग संवाददाता
२८ पुष २०७७, मंगलवार १५:३७

Advertisement

सप्तरी । राजविराज । एक महिनाअघि महिला हत्याको आरोपमा पक्राउ परेका सप्तरीको बोदेबरसाईन नगरपालिका ३ का ३६ वर्षिय रबितकुमार मण्डल कारागार चलान भएका छन् ।

Advertisement

घटनामा संलग्न रहेको आरोपमा उनीसँगै पक्राउ परेका तीनजना भने अदालतको आदेशमा जनही ५०र५० हजार रुँपैया धरौटीमा रिहा भएका छन् ।

Advertisement

धरौटी बुझाएर रिहा हुनेहरुमा सोही वडाका शिवचरण मण्डल, सुरेन्द्र मण्डल र बिजय मण्डल छन् । चारै जनालाई सोमबार जिल्ला अदालत सप्तरीमा उपस्थित गराउँदै रबितलाई ज्यान सम्बन्धी कसुरमा पूर्पक्षका लागि कारागार पठाउने तथा अन्य तीनजनालाई धरौटीमा रिहा गर्ने आदेश भएको डिएसपी भुवनेश्वर साहले जानकारी दिए ।

Advertisement

गत मंसिर २८ गते माछा मार्ने विषयमा विवाद हुँदा रबित मण्डलको नेतृत्वमा रहेको एक समूहले घरेलु हातहतियारले आक्रमण गर्दा सोही वडा निवासी ३४ वर्षिया गंगियादेवी मण्डलको घटनास्थलमै मृत्यु भएको थियो । घटनाको भोलीपल्टै पक्राउ परेका चारै जनामाथी प्रहरीले ज्यान सम्बन्धी कसुर र ज्यान मार्ने उद्योग मुद्दा चलाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*