देशभर १९२ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

नवयुग संवाददाता
२८ पुष २०७७, मंगलवार १६:२५

Advertisement

काठमाडौं । देशभर हाल १९२ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १५७ जना आइसियु र ३५ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Advertisement

प्रदेश १ मा एकजना आइसियु र एकजना जना भेन्टिलेटरमा छन्। प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।

Advertisement

बागमती प्रदेशमा ५५ आइसियु र २० भेन्टिलेटरमा, गण्डकीमा ६२ आइसियु र ७ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ३५ आइसियु र ४ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

Advertisement

कर्णाली प्रदेशमा २ जना आइसियुमा र एकजना भेन्टिलेटरमा छन् । सूदुरपश्चिम प्रदेशमा २ आइसियुमा र २ जना भेन्टिलेटरमा छन्। हाल देशभर४ हजार ४०८ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*