कालिकोटमा बाबुले घरमा आगो लगाउँदा दुई छोराको मृत्यु

नवयुग संवाददाता
२९ पुष २०७७, बुधबार १२:११

 

Advertisement

Advertisement

कालिकोट । कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका– ७ दुदुल्लीमा बाबुले घरमा आगो लगाउँदा दुई छोराको जलेर मृत्यु भएको छ । नरहरिनाथ गाउँपालिका– ७ का भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोरोको जलेर मृत्यु भएको हो ।

Advertisement

घरायसी झगडाका कारणले बटालाले घरमा आगो लगाएको र आगो लगाउँदा उनका १२ वर्षीय गणेश र सात वर्षीय छोरा मनबहादुर बटालाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख चक्रबहादुर शाहले बताए ।

Advertisement

बटालाले घरमा आगो लगाउँदा उनका चार वर्षीय छोरा खगेन्द्र घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । घरायसी झगडामा गरेर घरमा आगो लगाएका भैरे बटाला विष सेवन गरेर आफू पनि गम्भीर अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटमा प्रमुख शाहले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*