विश्वमा कोरोनाबाट एकैदिन हालसम्मकै धेरैको मृत्यु

नवयुग संवाददाता
२०७७, २९ पुष बुधबार १२:४५

Advertisement

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट विश्वमा मंगलवार अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु भएको छ । कोरोना भाइरसबाट मंगलवार विश्वभर १५ हजार ७३२ जनाको मृत्यु भएको हो । त्यस्तै मंगलवार मात्रै विश्वमा ६लाख ६४ हजार ८६० जनालाई संक्रमण भएको छ ।

Advertisement

अहिलेसम्म विश्वमा कोरोना भाइरसका कारण १९ लाख ७० हजार १९९ जनाको मृत्यु भएको छ भने ९ करोड २० लाख १६ हजार १२५ जनालाई कोरोना संक्रमण भएको छ । त्यस्तै ६ करोड ५८ लाख ५१ हजार ३ जना संक्रमण मुक्त भएका छन् भने १ लाख १० हजार ९२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

Advertisement
Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*