सहकारीले उद्देश्यअनुरुप कार्य गर्नु : अध्यक्ष सुबेदी

नवयुग संवाददाता
२९ पुष २०७७, बुधबार १३:४२

Advertisement

मकवानपुर । कृषि सहकारीहरुले सहकारीको उद्देश्यअनुरुप कार्य गर्न जिल्ला कृषि सहकारी संघ लि. मकवानपुरका अध्यक्ष महेश्वर सुबेदीले सदस्य संस्थाहरुलाइ अनुरोध गर्नुभयो । बुधबार हेटौंडामा सम्पन्न १० औं बार्षिक साधारणसभामा अध्यक्ष सुबेदीले सहकारी ऐन २०७४मा ३० प्रतिशत कार्य बिषयगत क्षेत्रमा गर्नुपर्ने ब्यवस्था भएको समेत जानकारी गराउनुभयो ।

Advertisement

सभाले अध्यक्ष सुबेदीले प्रस्तुत गर्नुभएको प्रगति प्रतिबेदन, कोषाध्यक्ष निर्मला लम्सालले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन, लेखा समिति संयोजक दिनेश प्रजाले प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुमोदन गरेको छ ।

Advertisement

संघका अध्यक्ष महेश्वर सुबेदीको अध्यक्षतामा सम्पन्न सभाको संचालन सचिब लालबहादुर थापाले गर्नुभएको थियो । संघले कृषकले उत्पादन गरेको उत्पादनहरुलाइ एग्रो मार्ट मार्फत बिक्री बितरण गरिएको छ । संघमा ५२ ओटा कृषि सहकारी सस्थाको आवद्धता रहेको छ ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*