राजश्व कार्यालयका कम्प्युटर अपरेटर र रेष्टुरेन्ट सञ्चालक घुससहित पक्राउ

नवयुग संवाददाता
२९ पुष २०७७, बुधबार १४:२५

Advertisement

काठमाडौं । आन्तरिक राजश्व कार्यालय, बालाजुका कम्प्युटर अपरेटर र रेष्टुरेन्ट सञ्चालक घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले अपरेटर राजन शर्मा र टिमुर किचन रेष्टुरेन्टका सञ्चालक सन्तोष थापामगरलाई मंगलबार पक्राउ गरेको हो।

Advertisement

उनीहरूबाट अख्तियारले ४३ हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेको सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए। शर्माले टिमुर किचन रेष्टुरेन्ट ढुंगेधारा, बनस्थलीका संचालक थापा मगरसँग कर तिर्न सहजिकरण गरिदिने भन्दै ४३ हजार घुस माग गरेका थिए।

Advertisement

अख्तियारले घुस रकम लेनदेन गरिरहेको अवस्थामा पक्राउ गरेको हो। उनीहरूलाई बालाजुस्थित आन्तरिक राजश्व कार्यालय परिसरबाट पक्राउ गरेको हो। उनीहरूमाथि अख्तियारले थप अनुसन्धान अघि बढाएको छ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*