केपी ओलीलाई अब कमरेड किन भन्ने ? -अष्टलक्ष्मी शाक्य

नवयुग संवाददाता
२९ पुष २०७७, बुधबार १४:५३

Advertisement

मकवानपुर । नेकपा वाग्मती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिस्ट पार्टी सिध्याउन लागिपरेको आरोप लगाएकी छिन् । काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा उनले ओलीमा कम्युनिस्ट मूल्यमान्यता, आदर्श नरहेको प्रमाणित भएको बताइन् ।

Advertisement

“केपी ओली कमरेड होइन अब । उहाँ तानाशाही, निरंकुश शासक हो । लोकतन्त्रको चीरहरण गरेको छ । अब किन कमरेड भन्ने ?’’ उनले प्रश्न गरिन् ।

Advertisement

शाक्यले कम्युनिस्ट पार्टीबाटै तानाशाही जन्मिएको बताउँदै कम्युनिस्ट आन्दोलनल केही समयलाई धक्का खाएको बताइन् । कार्यक्रममा शाक्यले काठमाडौं तातेपछि परिवर्तन हुने दाबी पनि गरिन् । “काठमाडौं तात्दै तादैन । तातेपछि सेलाउँदैन । परिवर्तन गरेरै छोड्छ,’’ उनले भनिन् ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*