हेटौंडामा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अन्तरक्रिया

नवयुग संवाददाता
२९ पुष २०७७, बुधबार १७:३८

Advertisement

मकवानपुर । एकिकृत ग्रामिण विकास सेवा मकवानपुरको आयोजनामा हेटौंडामा पत्रकारहरुसँग सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

Advertisement

नेपाल सरकार र स्थानीय सरकारको सम्झौता अनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नितिगत पहल र हेल्भाटास नेपालको सहयोग र स्थानीय सरकार हेटौंडा उपमहानगरपालिका,बकैया गाँउपालिका,मनहरी गाँउपालिका र थाहा नगरपालिकाको नेतृत्वमा सेवा प्रदायक संस्था एकिकृत ग्रामिण विकास सेवा मकवानपुरले कार्यक्रम आयोजना गरेको हो ।

Advertisement

कार्यक्रममा संन्चारकर्मीहरुसंग वैदेशिक रोजगारीको वर्तमान अवस्थाका अवसर र चुनौतीका बारेमा अन्तरक्रिया गरिएको थियो ।

Advertisement

हेटौंडा उपमहानगरपालिकाका सामाजिक महाशाखा प्रमुख भिम तिमल्सिनाले बैदेशिक रोजगारीसंग सम्बन्धिक नीतिगत प्रावधान तथा संयन्त्रसंग सम्बन्धित प्रस्तुति प्रस्तुत गरेका थिए । उनले सुरक्षित बैदेशिक रोजगार सम्बन्धि संविधान र स्थानिय सरकार संचालन ऐन २०७४ र १५औं योजनामा भएका प्रावधानहरु प्रस्टाएका हुन् ।

एकीकृत ग्रामीण बिकास सेवा मकवानपुरकी अध्यक्ष सीता बिष्टको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिती मकवनपुरकी उपाध्यक्ष भगवती पुडासैनीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामा, हेटौंडा उपमहानगरपालिकाका सामाजिक महाशाखा प्रमुख भिम तिमल्सिना ,एकीकृत ग्रामीण बिकास सेवा मकवानपुरका सचीव मिनराज पौडेल लगाएतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*