हाम्रो घरलाई लायन्सद्वारा खाद्यान्न वितरण

नवयुग संवाददाता
२९ पुष २०७७, बुधबार १८:५८

Advertisement

मकवानपुर । लायन्स क्लब अफ हेटौंडाले हाम्रो घर बाल गृहलाई खाद्यान्न सामग्रीहरु वितरण गरेको छ । बुधबार हेटौंड-५ सिचाईटोल स्थित हाम्रो घर बाल गृहमा ३१ जना बालबालिकाहरुको लागि खाद्यान्न वितरण गरेका हुन ।

Advertisement

लायन्स क्लब अफ हेटौंडाका अध्यक्ष लायन राजु नेपालको सभाध्यक्षता तथा एम जे एफ लायन हरिवंश भेटवालको संयोजकत्वमा भएको लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ का चिफ डिष्ट्रीक एडभाइजर एम जे एफ लायन राम श्रेष्ठको प्रमुख आतिथ्यता तथा ३२५ बी २ का मानार्थ सल्लाहकार लायन मुक्ति गोविन्द बैद्य, हाम्रो घर बालगृहकी सञ्चालिका ईन्दिरा डल्लाकोटी न्यौपाने र क्लबका डाइरेक्टरहरु लायन कुलप्रसाद चौलागाईं, लायन विश्वराज सिग्देल र लायन सुकुन्द आचार्यको आतिथ्यता रहेको थियो ।

Advertisement

लायन्स क्लब अफ इन्टरनेशनल फाउन्डेसनका संस्थापक मेलभिन जोन्सको जन्म जयन्तीको अवसरमा ४० हजार बराबरको खाद्यान्न सामग्रीहरु बालगृहलाई हस्तान्तरण गरेको क्लका वर्ष २०२० का सचिव एवम् कार्यक्रम सञ्चालक लायन तुलसी रिजालले जानकारी दिएका छन् ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*