चन्द्रागिरी रिसोर्टमा राष्ट्रपतिका लागि छुटै कोठा, एक दिन बसेकै २ लाख भन्दा धेरै

नवयुग संवाददाता
१ माघ २०७७, बिहीबार १४:३४

 

Advertisement

Advertisement

काठमाडो. ।  चन्द्रागिरी हिल्स लिमिटेडले निर्माण गरेको रिसोर्टमा चन्द्रागिरी रिसोर्टमा राष्ट्रपतिका लागि छुटै सुइट रुम रहेको छ । कम्पनीले जारी गरेको रिसोर्ट आयोजना तर्फको विवरणमा उक्त विषय उल्लेख गरिएको हो ।

Advertisement

उक्त विवरणमा रिसोर्टमा १०० वटा कोठा रहेको बतायएको छ । जसमा सबै भन्दा धेरै ६२ वटा डिलक्स रुम रहेका छन् । त्यस्तै, विशेष अतिथिहरुका लागि ३० वटा, सूइट रुम ६ र राष्ट्रपति सुइट रुम दुइ वटा रहेका छन् ।

Advertisement

कुन कोठाको कति मुल्य

चन्द्रागिरी रिसोर्टमा राष्ट्रपति सूइट रुमको सबै भन्दा धेरै मुल्य रहेको छ ।

उक्त रुममा बसेको एक दिनको औषत मूल्य २ लाख २२ हजार २९३ रुपैयाँ रहेको छ ।

त्यस्तै, सूइट रुममा बस्न एक दिनको ८८ हजार ४ सय २७ रुपैयाँ तिर्नु पर्छ ।

त्यस्तै, विशेष अतिथिहरुका लागि छुट्यायएको कोठाको औषत मूल्य १६ हजार ९ सय ३३ रुपैयाँ र डिलक्स

कोठाको औषत मूल्य १३ हजार ७६० रुपैयाँ रहेको छ । उक्त रिसोर्ट बर्षको ३ सय ६५ दिन नै खुल्ला रहने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*