मनहरीमा फेरि सुरु भयो जङ्गली हात्तीको आतङ्क

नवयुग संवाददाता
२ माघ २०७७, शुक्रबार २०:५१

Advertisement

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा जङ्गली हात्तीको आतङ्क फेरि सुरु भएको छ । बिहीवार राति पर्सा राष्ट्रिय निकुञज क्षेत्रबाट आएको जङ्गली हात्तीले मनहरी ५ बस्तीपुरको जंजराबस्तीका झण्डै एक दर्जन घरमा क्षति पुर्‍याएको स्थानीयले बताएका छन् । दिए । स्थानीय कृष्ण लामिछानेले बिहीवार राति १२ बजेदेखि बिहान ४ बजेसम्म हात्तीले मच्चाएको आतङ्कका कारण एक दर्जन घरमा क्षति पुगेको बताउनुभयो ।

Advertisement

उहाँले भन्नुभयो, ‘मङ्सिरमा पनि यसैगरि जङ्गली हात्तीले आतङ्क मच्चाएको थियो । हिजो राति त्योभन्दा बढि क्षति पुर्‍याएको छ । घर भत्काउनुका साथै अन्नपात र धनमाल नष्ट गरेको छ । समयमै हात्ती आएको चाल पाउँदा मानवीय क्षति भने हुन पाएन ।’ हात्तीले बस्न नमिल्ने गरि घर भत्काएको उहाँको भनाइ छ ।

Advertisement

हात्तीलाई नियन्त्रणमा लिन निकुञ्जका कर्मचारी खटाइएको बताइएको छ ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*