मकवानपुरमा आफ्नै घरमा मृत भेटिइन् महिला, हत्या आशंकामा श्रीमान पक्राउ

नवयुग संवाददाता
५ माघ २०७७, सोमबार ०९:०६

सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा आफ्नै घरमा एकजना महिला मृत अवस्थामा भेटिएकी छिन् । मकवानपुरगढी गाउँपालिका वडा नं २ खोलेखेतकी ४६ वर्षीया श्रीमाया गोले आफ्नै घरमा मृत भेटिएकी हुन् ।

Advertisement

प्रहरीले मृतकका श्रीमान देवराज गोलेलाई नियन्त्रणमा लिएको छ । घटनाको प्रकृति हेर्दा शंकास्पद देखिएकोले श्रीमानलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार मृतकको घरमा श्रीमान श्रीमति मात्र बस्दै आएका थिए । घटनाबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता (प्रहरी नायब उपरीक्षक) इन्द्रबहादुर रानाले जानकारी दिए ।

Advertisement
Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*