टिपरको ठक्करबाट १८ वर्षीया युवतीको मृत्यु

नवयुग संवाददाता
७ माघ २०७७, बुधबार १२:२७

Advertisement

झापा । मेचीनगर नगरपालिका–१३ स्थित चन्द्रगढी चारआली सडकखण्डमा टिपरको ठक्करबाट बुधबार बिहान एक पैदल यात्रीको मृत्यु भएको छ। दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे १ ख २५१५ टिपर नं। को टिपरले पैदल यात्रीलाई ठक्कर दिँदा पैदल यात्री १८ वर्षीया अन्सु शिवाकोटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए।

Advertisement

शिवाकोटीको टाउकोमा गम्भीर चोट लागेको थियो। तत्काल बिर्तामोडस्थित बिएण्सी हस्पिटल लगिएपनि शिवाकोटीको उपचारकै क्रममा मृत्यु भएको थापाले बताए। ।

Advertisement

शिवाकोटीसँगै बाटोमा हिँड्दै गरेका १८ वर्षीय राहुल बस्नेतको हात र खुट्टामा चोट लागेको छ। ठक्कर दिने टिपर तथा टिपर चालक भद्रपुर नगरपालिका–९ बस्ने सुमन ओझा रहेको र उनलाई ईलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको प्रवक्ता थापाले बताए।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*