संसद विघटनविरुद्ध ऐक्यवद्धता प्रकट गर्न देउवाको अपिल

नवयुग संवाददाता
७ माघ २०७७, बुधबार १६:२६

 काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरहादुर देउवाले पार्टीको वडास्तरीय प्रदर्शनमा सहभागी भएर,संसद विघटनविरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपिल गरेका छन् ।

Advertisement

बुधबार विज्ञप्ति जारी गर्दै सभापति देउवाले केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीको सरकारको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको घटना विरुद्ध काँग्रेसले भोलि माघ ८ गते ६ हजार ७ सय ४३ वडाहरुमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन सबैमा अपिल गरेका हुन् ।

Advertisement

संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर काँग्रेसले यसअघि पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन सम्पन्न गरिसकेको छ ।

Advertisement

ुअब वडा स्तरीय प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन म सबैमा हार्दिक अपील गर्दछु,ु विज्ञप्तिमा भनिएको छ ।

Advertisement

संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध काँग्रेसमा एकमत भएको देउवाको भनाइ छ ।

ुपार्टीको सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीमा भोलिको विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गर्दछु, ुदेउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*