खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई ३–३ लाख जरिबाना

नवयुग संवाददाता
७ माघ २०७७, बुधबार १७:०५

 

Advertisement

Advertisement

काठमाण्डौ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारबाही गरेको छ ।

Advertisement

बजारमा खाने तेलको मूल्य अस्वाभाविक रूपमा बढेको गुनासो आएपछि विभागले बजार अनुगमन गरेको थियो । अनुगमनका क्रममा बारामा रहेका दुई उद्योगले मूल्य बढाएको भेटिएपछि कारबाही गरेको विभागका निर्देशक एवं सूचना अधिकारी शिवराज सेढाईँले जानकारी दिनुभयो ।

Advertisement

विभागले बारामा रहेको अन्नपूर्ण भेजिटेवल प्राली र महालक्ष्मी सोल्भेन्ट एण्ड रिफाइनरी प्रालीलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार तीन–तीन लाख रुपैयाँ जरिबाना गरेको उहाँले बताउनुभयो ।

तीन महिनाअघिको तुलनामा अहिले तोरीको तेलको मूल्य प्रतिलिटर ४० रुपैयाँ, सनफ्लावर तेल प्रतिलिटर ४० रुपैयाँ र भटमासको तेल लिटरमा २० रुपैयाँभन्दा बढीले मूल्य बढेको छ ।

स्वदेशी उत्पादनले नपुग्ने र अन्तर्राष्ट्रिय बजारमा निर्भर हुनुपर्दा खाने तेलको मूल्य बढेको व्यवसायीहरू बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*