फरक मत, असहमति वा असन्तुष्टिलाई सम्मान गर्नुपर्दछ : मुख्यमन्त्री पौडेल

नवयुग संवाददाता
२०७७, ७ माघ बुधबार १७:४७

Advertisement

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले फरक मत, असहमति वा असन्तुष्टिलाई सम्मान गरिने बताएका छन् । प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले केही अन्योल र तीव्र धु्रवीकरणबीच सदनमा उपस्थित भइरहँदा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमको सन्दर्भमा आ–आफ्नै खाले बुझाई एवं दृष्टिकोण रहेको उल्लेख गरे ।

Advertisement

पौडेलले एकातिर जनताको असिम अपेक्षा, अर्कोतिर आफ्नै राजनीतिक, प्रशासनिक, ऐन कानून एवं स्रोत र साधनको सीमितताका बीचमा प्रदेश सरकार अघि बढेको उल्लेख गरे । उनले शून्य अवस्थाबाट प्रदेश सरकार गठन भएको तीन वर्ष पुग्दै गर्दा सरकारले गरेका काम देखिन थालेको बताए । उनले सबैले इमान्दारीपूर्वक लागि पर्दै गर्दा सकारात्मक परिणाम पनि आएको बताए ।

Advertisement

“त्यसो त कतिपय सदस्यले देखिन थालेका परिवर्तनप्रति संशय व्यक्त गर्नुभएको छ, अपेक्षा र यथार्थताको बीचको फरकपनलाई हामी कसरी हेर्दछौँ, कसरी बुझ्दछौँ, त्यो हाम्रो दृष्टिकोणको सन्दर्भसँग जोडिएको हुन सक्दछन्, हाम्रो राजनीतिक मूल्यका प्रश्नसँग गाँसिएका पनि हुन सक्दछन्”, पौडेलले भने ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*