मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, दुईजना घाइते

नवयुग संवाददाता
७ माघ २०७७, बुधबार १९:००

Advertisement

जनकपुरधाम । महोत्तरीमा बुधबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । गौशाला नगरपालिका–१ स्थित रेल्वे ट्र्याक नजिक ज१२प २७३ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दु्र्घटना हुँदा मोटरसाइकलको बीचमा सवार धनुषाको धनौजी गाउँपालिका ५ बहुवर्वाका २० वर्षीय नौसाद अन्सारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका २६ वर्षीय करामद अन्सारी र पछाडि सवार १९ वर्षीय असाद अन्सारी घाइते भएका छन् । यस्तै, बलवा नगरपालिका १० धमौरामा मोटरसाइकलको ठक्करबाट एउटा निलगाईको मृत्यु भएको छ ।

Advertisement

बलवा नगरपालिका–९ अध्यानपुर बस्ने २० वर्षीय तहसीन कवारीले चलाएको ज ६ प ४९०८ नम्बरको मोटरसाइकलको ठक्करबाट निल गाईको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी निरीक्षक रञ्जन मिश्रले जानकारी दिए ।

Advertisement

उक्त दुर्घटनामा मोटरसाइकल चालक समेत घाइते भएको र उनलाई उपचारका लागि जनकपुरधाम पठाइएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*