धनगढी क्रिकेट एकेडेमी र सगरमाथा सिमेन्टबीच सम्झौता

नवयुग संवाददाता
२०७७, ७ माघ बुधबार १९:१८

Advertisement

धनगढी । धनगढी क्रिकेट एकेडेमी (डिसिए) र सगरमाथा सिमेन्टबीच एकेडेमीको स्तरोन्नति तथा क्रिकेट विकासमा सहकार्य गर्न तीन वर्षका लागि पुनःप्रायोजन सहयोग सम्झौता गरिएको छ ।

Advertisement

घोराही सिमेन्ट उद्योगका तर्फबाट ‘मार्केटिङ’ प्रमुख प्रतिक अधिकारी र एकेडेमीका अध्यक्ष सुवास शाहीबीच आज सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । सम्झौताअनुसार तीन वर्षका लागि धनगढी क्रिकेट एकेडेमीलाई आवश्यकपर्ने खेल सामग्री, आयोजना गर्ने प्रतियोगिता, ‘ग्रास रुट’ कार्यक्रमलगायत सम्पूर्ण कार्यलाई सगरमाथा सिमेन्टले सहयोग गर्नेछ ।

Advertisement

यस्तै धनगढी क्रिकेट एकेडेमीले प्रयोग गर्ने जर्सी, आयोजना गर्ने प्रतियोगितामा सिमेन्टको लोगो प्रयोग गरिने जनाइएको छ । नेपाली क्रिकेटलाई ‘फ्रेन्चाइजी’ युगमा प्रवेश गराउँदै देशमा पहिलो पटक धनगढीबाट व्यावसायिक क्रिकेट प्रतियोगिता सञ्चालन गरेको डिसिएले यसअघि ‘धनगढी प्रिमियर लिग’९डिपिएल०का तीन संस्करण पूरा गरिसकेको छ ।

Advertisement

धनगढीलाई क्रिकेटको शहरका रुपमा चिनाउन सगरमाथा सिमेन्टको योगदान महत्वपूर्ण रहेको एकेडेमीका अध्यक्ष शाहीद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*