वडा अध्यक्ष कुवरले गरे विद्यार्थाीलाई साइकल वितरण

नवयुग संवाददाता
७ माघ २०७७, बुधबार २०:१७

Advertisement

बारा । बाराको निजगढ नगरपालिका वडा नम्बर ४ ले १८ जना विद्यार्थाीहरुलाई साइकल वितरण गरेको छ। आज(बुधवार) एक कार्याक्रमको आयोजना गरि वडा कार्यालयले वडामा अध्यनरत गरिव, विपन्न तथा जेहेनदार विद्यार्थाीहरुलाई साइकल वितरण गरेको हो ।

Advertisement

कक्षा ११ मा अध्ययनरत १८ जना विद्यार्थीलाई साइकल वितरण गरिएको निजगढ नगरपालिका वडा नम्बर ४ का अध्यक्ष जयराम कुवरले बताए । वडा क्षेत्रको गरिव, विपन्न तथा जेहेनदार विद्याथाीको साक्षरता दर बृद्धी गर्न साइकल वितरण गरिएको उनले बताए।

Advertisement

कार्याक्रम निजगढ नगरपालिकाका उपप्रमुख लिलादेवि लामिछानेको प्रमुख आतिथ्यतामा भएको थियो । भने अथितिहरुमा वडा नम्बर ४ का सदस्यहरु कृति बाहादुर भन्डारी, टेक बाहादुर घिमिरे,मिना राउत कर्मि लगाएतकाको उपस्थिति रहेको थियो ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*