सुनको मूल्य दुई सय रुपैयाँले घट्यो

नवयुग संवाददाता
२०७७, १२ माघ सोमबार १२:२४

Advertisement

काठमाडौं सुनको मूल्यमा आज पनि सामान्य गिरावट आएको छ। आज प्रतितोला दुई सय रुपैयाँले घटेको छ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार चार सय पुगेको छ। आइतबार प्रतितोला ९२ हजार ६ सयमा कारोबार भएको थियो।

Advertisement

त्यस्तै, तेजाबी सुन प्रतितोला ९२ हजारमा झरेको छ। आइतबार प्रतितोला ९२ हजार दुई सयमा कारोबार भएको थियो।

Advertisement

चाँदीको मूल्य भने आज पनि स्थिर रहेको छ। दुई दिनयता चाँदीको मूल्यमा घटबड भएको छैन। आज पनि प्रतितोला एक हजार दुई सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*