२४ घण्टामा ३०३ जना कोरोना संक्रमित

नवयुग संवाददाता
१३ माघ २०७७, मंगलवार १६:३९

Advertisement

काठमाडौ नेपालमा आज थप ३०३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ४५७४ जनाको गरिएको पीसीआर परीक्षणमा ३०३ जनामा संक्रमण पुष्टि भएको हो ।

Advertisement

गत २४ घण्टामा २८५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ६४ हजार ८ सय २३ जना छन् । नेपालमा निको हुने दर ९८ दशमलव १ प्रतिशत रहेको छ ।

Advertisement

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या २०१७ रहेको छ ।

गत २४ घण्टामा काठमाडौं उपत्यकामा १७२ जना संक्रमित भएका छन् । तीमध्ये काठमाडौंमा १३४, भक्तपुरमा ७ र ललितपुरमा ३१ जना संक्रमित थपिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*