२४ घण्टामा ३०३ जना कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु
काठमाडौँ । नेपालमा थप ३०३ जना कोरोना भाइरसका संक्रमितहरु थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार थप ३०३ संक्रमित थपिएसँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या २ लाख ७० हजार ९२ पुगेको छ ।
यसैगरी बितेको २४ घण्टामा थप ६ जना संक्रमितले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार १७ जना पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप २८५ जना संक्रमित निको भएका छन् । यससँगै अहिलेसम्म २ लाख ६४ हजार ८२३ जना निको भएका छन् ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार २५२ रहेको छ भने १२२ जना क्वारेन्टाइनमा रहेका छन् ।
