अनेरास्ववियु मकवानपुर जिल्ला कमिटिको सपथ ग्रहण कार्यक्रम सम्पन्न

नवयुग संवाददाता
१३ माघ २०७७, मंगलवार १९:०८

Advertisement

मकवानपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) को सपथग्रहण तथा विषयगत प्रशिक्षण कार्यक्रम मंगलबार(आज) हेटौँडामा भएको छ ।

Advertisement

अनेरास्ववियू मकवानपुरका संयोजक किसन घिसिङको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । ओलि निकट अनेरास्ववियू मकवानपुरका ८१ जना पदाधिकारीहरुले पद तथा गोपनियाताको सपथ ग्रहण गरेका छ्न् । ओलि निकट नेकपा केन्द्रिय सदस्य तथा अनेरास्ववियू केन्द्रिय कार्यलय टिम सदस्य महेश बर्तौलाले जिल्ला कमिटीका पदाधीकारीहरुको पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

Advertisement

कार्यक्रममा नेकपा मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ,अनेरास्वविय केन्द्रिय सचिवालय सदस्य सन्तोष पौडेल , अनेरास्वविय केन्द्रिय सदस्य नविन मिश्र, नितेश लामिछाने,बिना देवकोटा लगाएतको उपस्थिति रहेको थियो ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*