आमाको शवलाई दश वर्षसम्म फ्रिजरमा राख्ने महिला गिरफ्तार

नवयुग संवाददाता
१७ माघ २०७७, शनिबार १४:३१

Advertisement

काठमाडौं । जापानकी एक महिलाले आफ्नी आमाको मृत शरीरलाई दश वर्षसम्म फ्रिजरमा राखेकी छिन्। ४८ वर्षकी युमी योसिनोले दश वर्षसम्म आमाको शवलाई फ्रिजरमा राखेको बीबीसीले जनाएको छ। दश वर्षअघि आफ्नी आमालाई मृत भेटेपछि उनको शवलाई फ्रिजरमा राखेको उनी बताउँछिन्।

Advertisement

आमा र आफू बस्दै आएको टोक्योस्थित घर छाड्न मन नलागेर आमाको शव ती महिलाले फ्रिजरमा राखेको प्रहरी स्रोतलाई उल्लेख गर्दै जापानी सञ्चार माध्यमले समाचार छापेका छन्। प्रहरीका अनुसार मृत महिलाको शरीरमा कुनै डाम देखिन्न। अधिकारीहरूले महिलाको निधन भएको समय र कारण पत्ता लगाइसकेका छैनन्।

Advertisement

भाडा नतिरेका कारण योसिनोलाई घर छोड्न बाध्य बनाएपछि घर सफा गर्न लगाइएका व्यक्तिले फ्रिजरमा शव फेला पारेका थिए। ती महिलाको शरीरलाई बङ्ग्याएर फ्रिजरमा कोचिएको पाइएको प्रहरीले बताएको छ।

Advertisement

योसिनोलाई शुक्रबार टोक्यो नजिकैको शहर चिबाको एक होटलबाट गिरफ्तार गरिएको थियो। बीबीसी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*