फिल्म ‘२ नम्बरी’मा दीपक मनाङ्गेको ‘इन्ट्री’
काठमाडौं । रियल जीवनमा २ नम्बरी गरेर चर्चा कमाएका दीपक मनाङ्गे अब भने रिलमा पनि ‘२ नम्बरी’मै जोडिने भएका छन्। उनी चलचित्र ‘२ नम्बरी’मा निर्माताका रूपमा भित्रिएका हुन्।
लकडाउनका कारण छायांकन हुन नसकेको फिल्म २ नम्बरीको निर्माताका रूपमा दीपक मनाङ्गेले इन्ट्री मारेका हुन्। यसअघि ‘पोइ पर्यो काले’ फिल्ममा पनि दीपकले लगानी गरेका थिए। फिल्ममा निर्माताको भूमिका निर्वाह गरेको फिल्म २ नम्बरी उनको दोस्रो फिल्म हो।
दीपेन्द्र लामाले फिल्मको निर्देशन गरिरहेका छन्। फिल्ममा नायक दयाहाङ राई, पल शाह, नायिका वर्षा राउत लगायत भुटानी नायिका उगेन छोदनको मुख्य भूमिका रहेको छ। फिल्मको बाँकी छायांकन भने चैत्र १५ गतेबाट पुनः सुरु हुने बताइको छ।
कुनै बेला गुण्डाको परिचय बनाएका मनाङ्गे यतिबेला गण्डकी प्रदेशमा सांसद् छन्। नेकपानिकट उनी मनाङ १ ‘ख’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्।
