म त मर्छु कि क्याहो बनाउँदै धुर्मुस सुन्तली

नवयुग संवाददाता
२३ माघ २०७७, शुक्रबार १२:४४

Advertisement

काठमाण्डौँ । हास्यकलाकार जोडी सीताराम कट्टेल र कुञ्जना घिमिरेले ‘म त मर्छु कि क्याहो’ नामक वेव सिरिज बनाउने भएका छन् । अघिल्लो वर्ष मात्रै चलचित्र ‘सेन्टी भाइरस’ बनाएको यो जोडीले सिरिजको पोस्टर समेत सार्वजनिक गरेका छन् ।

Advertisement

सीताराम–कुञ्जनाकै लेखन, निर्देशन रहेको यो सिरिज चितवनका विभिन्न स्थानमा छायांकन गरिएको छ । सिरिजमा सीताराम कट्टेल, कुञ्जना घिमिरे, रवि गिरी, बुद्धि तामाङ, विजय बराल, पल्पसा डंगोल, बालदीप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल लगायतका कलाकारले अभिनय गरेका छन् ।

Advertisement

२ घण्टा १० मिनेट लामो कथा खिचिसकेका धुमुर्स सुन्तलीले यसलाई कसरी प्रसारण गर्ने भन्ने टुङ्गो नलागेको बताए । उनले भने, ‘अहिले सम्पादनको काम सकियो । सबै हेरेपछि कुन रुपमा कसरी प्रसारण गर्ने, के नाम दिने भन्ने निर्णय गर्नेछौँ ।’

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*