करिश्मा मानन्धर बनिन् महानायिका, राजेश हमालले लाइदिए क्राउन
काठमाण्डौँ । अभिनेत्री करिश्मा मानन्धरलाई महानायिकाको उपाधिबाट सम्मान गरिएको छ। शनिबार काठमाडौंमा आयोजित आरके इन्टरटेनमेन्ट ग्रुपले आफ्नो बीसौं वार्षिकोत्सवको अवसरमा करिश्मालाई महानायिका उपाधिबाट सम्मान दिएको हो।
आरके इन्टरटेनमेन्ट ग्रुपले एघार वर्षअघि, आफ्नो नवौं वार्षिकोत्सवमा अभिनेता राजेश हमाललाई महानायकको उपाधिबाट सम्मान गरेको थियो।
१४ वर्षको कलिलो उमेरबाट फिल्म क्षेत्रमा प्रवेश गरेकी करिश्माले २०४२ मा फिल्म ‘सन्तान’बाट सिनेमा क्षेत्रमा प्रवेश गरेकी थिइन्। झन्डै तीन दशक फिल्म क्षेत्रमा सक्रिय उनी चर्चा र सफलताको केन्द्रमा रहिन्। ुमायालुु, ुकस्तुरीु, ुट्रक ड्राइभरु, ुपन्छीु, ुसाथीु, ुबसन्तीु आदि उनका चर्चित फिल्म हुन्।
करिश्मालाई राजेश हमालले ुमहानायिकाु लेखिएको स्यास र क्राउनसँगै महानायिकाको उपाधिबाट सम्मान गरेका हुन्।
‘म एक कलाकार हुँ। यसलाई मैले अरू कलाकारहरूले मलाई गरेको सम्मानको रुपमा लिएकी छु,’ करिश्माले सम्मान पाएपछि भनेकी छन्, ‘म जे छु त्यसलाई आत्मसात गरेर सम्मान गर्नुभयो। त्यसमा खुशी छु।’
लअभिि ष्ल
कार्यक्रममा करिश्मा जस्तोसुकै परिस्थितिमा पनि आफू सिनेमाबाट टाढा नहुने बताइन्। ‘नमरुन्जेल पर्दामा आइरहने प्रक्रिया जारी नै हुनेछ,’ उनले भनिन्।
आरके इन्टरटेनमेन्ट ग्रुपले फिल्म क्षेत्र चलायमान राख्न र योग्य व्यक्तिलाई सम्मान गर्न महानायिकाको दर्जाबाट करिश्मालाई सम्मान गरेको बताएको छ।
कार्यक्रममा करिश्मा र राजेशबाहेक निर्देशक तथा कलाकार नीर शाह, नेपाल विद्युत प्राधिकरणका पूर्व(कार्यकारी निर्देशक कुलमान घिसिङ, शिक्षा तथा समाजसेवी रमेश अधिकारीलगायतलाई राष्ट्रिय सम्मान दिइएको थियो।
