होटलमा थुनेर १५ वर्षीया किशोरीमाथि निर्घात कुटपिट

नवयुग संवाददाता
२८ माघ २०७७, बुधबार १४:२०

Advertisement

बाँके । बाँकेमा एक जना १५ वर्षीया किशोरीमाथि होटलमा थुनेर निर्घात कुटपिट भएको घटना सार्वजनिक भएको छ।

Advertisement

घटना माघ १६ गते दिउँसो मध्यान्हको हो। तर पीडितले केही दिनपछि जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएपछि घटना बल्ल सार्वजनिक भएको हो।

Advertisement

जिल्ला प्रहरी प्रमुख एसपी ओमबहादुर रानाका अनुसार पीडितविरूद्ध बलात्कार प्रयास र ज्यानमार्ने उद्योगविरूद्ध मुद्दा दर्ता भएको छ।

Advertisement

‘मुद्दा दर्ता हुनासाथ प्रतिवादीको खोजी भइरहेको छ,’ एसपी रानाले भने, ‘पीडक हाल भारततिर गएको भन्ने खुल्न आएको छ र हाम्रो काउन्टरपार्टमा समन्वय गरी निजलाई पक्राउ गर्नलाई टोली खटिइसकेको छ।’

बाँकेको एक सामुदायिक विद्यालयमा अध्ययनरत ती किशोरीलाई १९ वर्षीय युवकले हात समातेर होटलको तेस्रो तलामा लगी थुनेर निर्घात कुटपिट गरेको र त्यसपछि होटल साहुले उद्दार गरी उपचारका लागि हस्पिटल लगेको भन्ने प्रारम्भिक अनुसन्धानबाट देखिन आएको एसपी रानाले बताए।

मुद्दा शाखाका प्रहरी निरीक्षक ईश्वरराज गिरीले उक्त दिन ती किशोरी विद्यालय पोशाकमा नभई अन्य पोशाकमा होटलमा आएको भन्ने कुरा खुल्न आएको बताए।

सुरूमा घटनाबारे प्रहरीले ठाडो उजुरीको आधारमा अनुसन्धान बढाएको र पीडितले किटानी जाहेरी दिएपछि थप अनुसन्धान भइरहेको उनले बताए।

प्रहरीका अनुसार ती युवकको आक्रमणबाट किशोरीको अनुहार र शरीरका विभिन्न भागमा चोटपटक लागेको छ।

पीडक पक्राउ परेपछि तथ्य कुरा सार्वजनिक गर्ने प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*