अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु

नवयुग संवाददाता
३० माघ २०७७, शुक्रबार ११:४७

Advertisement

कैलाली । कैलालीमा अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

Advertisement

टीकापुर नगरपालिका–८ स्थित हुलाकी सडकखण्डमा हिजो ९बिहीवार० राती भे १ ह ५४२ नम्बरको अटो रिक्सा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Advertisement

दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेर घाइते भएका चालक बर्दियाको राजापुर बस्ने ४५ वर्षीय भागीराम चौधरीको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिएका छन् ।

Advertisement

अटो रिक्सामा अन्य व्यक्तिहरु भने सवार नरहेको बुझिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*