संघीय सरकारको असहयोगका कारण जनअपेक्षा अनुसारका काम गर्न सकिएन : मुख्यमन्त्री गुरुङ

नवयुग संवाददाता
४ फाल्गुन २०७७, मंगलवार १७:३६

Advertisement

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले संघीय सरकारको असहयोगका कारण प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताएका छन् । गण्डकी प्रदेश सरकारद्धारा आयोजित तेस्रो बार्षिक उत्सव सामोरोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले प्रधानमन्त्री देखि सचिव सम्मले अधिकार प्रत्यायोजनमा चासो नदिँदा प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताएका हुन् ।

Advertisement

‘संघीयता कार्यान्वयनका लागि प्रधानमन्त्रीदेखि सचिवसम्मले प्रदेश सरकारलाई अधिकार प्रत्यायोजन नगर्दा हामीले हामीले जनअपेक्षा अनुसार काम गर्न सकेनौं’ उनले भने । ‘नेपालमा प्रदेश सरकार गठन भएपनि केन्द्रीकृत मानशिकताका कारण अधिकार प्रत्यायोजनमा जिम्मेवार ब्याक्तिहरुले आलटाल गरेका कारण कानुन निर्माण देखि स्थानीयस्तरमा जग्गाप्राप्ति सम्मको समस्या झेलेका छौं ।’

Advertisement

मुख्यमन्त्री गुरुङले संघीय सरकारका लागि आवस्यक पर्ने विभिन्न अधिकारहरु प्रत्यायोजनमा केन्द्रीय सरकारले चासो नदिएका कारण पर्याप्त कार्य गर्न नसकेको बताए । उनले प्रदेश सरकारले कार्य गर्न खोजेपछि कानुनको अभावमा अगाडी बढ्न नसकेको गुनासो पोखे ।

Advertisement

मुख्यमन्त्री गुख्यमन्त्री गुरुङले संघीय सरकारले प्रदेश सरकारलाई अधिकार प्रत्यायोजनमा चासो नदिएका कारण सातै प्रदेशका मुख्यमन्त्रीको बैठक डाकेर आफ्नै पार्टीका प्रधानमन्त्री खड्ग प्रसाद ओली विरुद्ध उभिन बाध्य भएको बताए ।

उनले विभिन्न अड्चन र कानुनी व्यवधानकै कारण प्रदेश सरकरले घोषणा गरेका कामहरु समेत गर्न नपाएको बताए ।उनले प्रदेश सरकारले विश्वविद्यालय सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडी बढाइ सक्दापनि जग्गा प्राप्ति समयमै हुन नसक्दा अवरोध भएको बताए ।

मुख्यमन्त्री गुरुङले संघीय सरकारले समयमै आवस्यक कानुन निर्माण नगर्दा प्रदेको कानुन निर्माणदेखि महत्वपुर्ण योजनाहरु अगाडी बढ्न नसकेको बताए ।

मुख्यमन्त्री गुरुङले विभिन्न बाधाब्यववधानकाबीच गण्डकी प्रदेश सरकारले तीन बर्षको अवधिमा महत्ववपूर्ण कार्य गरेको दावी गरे । उनले प्रदेशको राजधानी पोखरा र गण्डकी प्रदेशको नामाकरण गर्नेदेखि भौतिक पूर्वाधारका क्षेत्रमा महत्वपूर्ण कार्य गरेको बताए । सरकारले थालेका केही महत्वपूर्ण कार्यहरुको प्रगति आगामी बर्षसम्म देखिने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*