धनकुटामा घरमा आगो लगाई नगद र सुनका गहना चोरी

नवयुग संवाददाता
५ फाल्गुन २०७७, बुधबार १६:३३

Advertisement

मोरङ । धनकुटामा घरमा आगो लगाई घरबाट नगद र सुनका गहना चोरी भएको छ ।

Advertisement

धनकुटाको छथरजोरपाटी गाउँपालिका–४ गुठ गोगुन पानी टोलका पूर्ण बिश्वकर्माको घरमा राति आगो लगाई सोही टोलका कृष्ण सार्कीको घरबाट नगद र सुनका गहना योजनाबद्ध तरिकाले चोरी भएको हो ।

Advertisement

सुरुमा घर नजिकै राखिएको परालमा आगो लगाइएको थियो । त्यसपछि मात्र घरमा आगो लगाइएको बताइएको छ । उक्त आगो निभाउन सबै जना एकजुट हुँदा मौका छोपेर नगर र सुनका गहना चोरी भएको स्थानीयबासी मेघराज खतिवडाको भनाइ छ ।

Advertisement

उक्त घटनामा के–कति क्षती भयो भन्ने विवरण आएको छैन । घरमा आगो लगाउने र चोरी गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*