सुनसरीमा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सुनसरी । सुनसरीमा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
बुधबार राति रामधुनी राजमार्गमा को२च ३३१२ नम्बरको पिकअपले को३१प ३१४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।
मृत्यु हुनेमा मोटरसाइकल चालक रामधुनी-३ का २२ वर्षीय सुरज चौधरी छन्। पिकअपले राति १० बजे मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
चौधरीलाई उपचारका लागि विराटनगर अस्पताल पठाइएकोमा राति ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
पिकअप र चालक मोरङ सुन्दरहरैंचाका दिलबहादुर कामी नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ।
