कालीकोटमा जिपले किचेर बालकको मृत्यु, स्थानीयद्वारा जिपमा आगजनी

नवयुग संवाददाता
२०७७, ६ फाल्गुन बिहीबार १२:५४

Advertisement

कालिकोट । कालीकोट जिल्लाको रास्कोट नगरपालिका वडा नं।७ को कर्णाली करिडोरअन्तर्गत पर्ने शान्तिघाट बजारमा बुधबार साँझ बोलेरो जिपको ठक्करबाट दुई वर्षीया बालकको मृत्यु भएको छ।

Advertisement

कर्णाली करिडोरमा सञ्चालन हुँदै आएको मे१ज ११४९ नम्बरको बोलेरो जिपले सान्नी त्रिवेणी गाउँपालिका वडा नं। ७ का गोविन्द सिम्खडाका दुई वर्षीय छोरा प्रेम सिम्खाडालाई ठक्कर दिँदा मृत्यु भएको हो।

Advertisement

सामान्य घाइते भएका बालकलाई चालकले गाडी पछाडि ल्याएर टाउकोमा टायर चढाएर मारेको स्थानीयले आरोप लगाएका छन्।

Advertisement

गाडी क्रस हुने क्रममा बच्चालाई सामान्य ठक्कर दिएको थियो। जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख चक्र बहादुर शाहले घटना भएको र घटना भएको स्थानमा महेश शाहीको नेतृत्वमा प्रहरी पठाएको बताए। बालकको मृत्यु भएपछि आक्रोशित स्थानीयले जीपमा आगजनी गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*