ट्रकले किच्दा मोटरसाइकल चालकको ज्यान गएपछि मनहरी तनावग्रस्त, राजमार्ग बन्द

सांंकेतिक तस्वीर
मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नं ८ स्थित पूर्व पश्चिम राजमार्गमा ट्रकले किच्दा मोटरासइकल चालकको ज्यान गएको छ । बिहीबार (आज) राति मनहरी गाउँपालिका वडा नं ८ स्थित सिम्पानीमा ट्रकले किच्दा मोटरसाइकल चालकको ज्यान गएको हो ।
चितवन तर्फ जाँदै गरेको ट्रकले ठक्कर दिँदा मनहरी ९ ज्यामिरेका जनक ढकालको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरले जनाएको छ । अन्दाजी ३०–३५ वर्षका ढकाल पेशाले ग्रील व्यवसायी रहेको बुझिएको छ ।
ट्रकले किचेर युवकको मृत्यु भएपछि अहिले स्थानीयले राजमार्ग अवरुद्ध गरेका छन् । स्थानीयले टायर बालेर प्रदर्शन गरिरहेका छन् । अहिले शव सडकमै रहेको बुझिएको छ । घटनाको थप विवरण आउँन बाँकी ।
