निजगढमा अनेरास्ववियूको बृहत रक्तदान

नवयुग संवाददाता
७ फाल्गुन २०७७, शुक्रबार १९:३०

Advertisement

बारा । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले आज(शुक्रबार) बाराको निजगढमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

Advertisement

बिरगंजको रक्तसंचार केन्द्रको सहकार्यमा नेपाल रेडक्रस सोसाइटि सँग समन्वय गरि ७१ औँ प्रजातन्त्र दिवसको अवसर पारेर बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको अनेरास्ववियू बारा जिल्ला सह–संयोजक कपिल खरेलले जानकारी दिए । रक्तदान कार्यक्रममा ५८ जनाले रक्तदान गरेका थिए ।

Advertisement

नेकपा बारा जिल्ला इन्चार्ज तथा नेकपा केन्द्रिय सदस्य बलबरि चौधरीकार्यक्रमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा बाराका नेता पुरुषोत्तम पौडेल, पद्मा अर्याल लगायतको उपस्थिति थियो ।

Advertisement

कार्यक्रम अनेरास्ववियू बारा जिल्ला कमिटिका सचिव श्यामकृष्ण घिमिरेको संयोजकत्वमा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*