ललितपुरको जुवा खालमा प्रहरीको छापा, १७ जना जुवाडे समातिए

नवयुग संवाददाता
२०७७, ८ फाल्गुन शनिबार १५:२५

Advertisement

काठमाडौं । ललितपुरबाट प्रहरीले जुवा खेली रहेको अवस्थामा १७ जनालाई पक्राउ गरेको छ।

Advertisement

महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले शुक्रवार साँझ ललितपुर महानगरपालिका वडा नम्बर २६ स्थित सुनाकोठीबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। अजय महर्जनको चार तले घरको दोस्रो तलामा जुवा खेली रहेको अवस्थामा नियन्त्रणमा लिएको परिसरका एसपी प्रज्वल महर्जनले जानकारी दिए।

Advertisement

उनीहरूको साथबाट प्रहरीले ३० लाख ८४ हजार रुपैयाँ समेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*