अध्यक्ष पदमा मेरो उम्मेदवारी पक्काः महेन्द्र राउत (हेर्नुहोस् भिडिया)

नवयुग संवाददाता
८ फाल्गुन २०७७, शनिबार १७:०२

Advertisement

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान महासचिव महेन्द्र राउतले संघको अध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहने दाबी गरेका छन् । नवयुग अनलाइन टेलिभिजनको कार्यक्रम ‘ नवयुग बहस’मा बोल्दै राउतले चुनावमा अध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहने जानकारी दिँदै व्यवसायीको साथ मिल्नेमा आफु विश्वस्त रहेको बताए ।

Advertisement

यसअघिको निर्वाचनमा पराजित हुनुपरेको अवस्थालाई स्मरण गर्दै उनले अबको चुनावमा जितको लागि आफ्नो उम्मेदवारी रहने बताए । आउँदो चैत्र २१,२२ र २३ गते हेटौंडामा मकवानपुर उद्योग वाणिज्य संघको ५४ औं साधारण सभा एवम् निर्वाचन सभा हुँदैछ ।

Advertisement

हेर्नुहोस् भिडियो:

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*