तेस्रो निजगढ मेयर कप : योङ्गस्टार युवा क्लव सेमिफाईनलमा

नवराज चौलागाईं
२०७७, ८ फाल्गुन शनिबार १९:११

Advertisement

बारा । योङ्गस्टार युवा क्लव तेस्रो निजगढ मेयर कप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । शनिबार सम्पन्न तेस्रो क्वार्टरफाईनलमा एफसी कोलगाउलाई २—१ गोल अन्तरले पराजित गर्दै योङ्गस्टार प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको हो ।

Advertisement

योङ्गस्टारको जितमा खेलको २० औ मिनेटमा अरुण लामाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । प्रतिस्पर्धात्मक खेलको ७३ औ मिनेटमा कोलगाउका बिराज लामाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । कोलगाउले खेल बराबरी गरेको १ मिनेट पश्चात नै योङ्गस्टारले प्राप्त गरेको कर्नरमा अनिल लामाले हेड मार्फत गोल गर्दै पुनः अग्रता दिलाएका थिए ।

Advertisement

कोलगाँउले खेलमा फर्कर्न निरन्तर प्रयास गरेपनि गोल हुन नसकेपछि योङ्गस्टारले नतिजा आफ्नो पक्षमा पा¥यो । खेलको म्यान अफ द म्याच योङ्गस्टारका कप्तान रोशन लामा भए । प्रतियोगिता अन्तर्गत सेमिफाईनल प्रवेशकालागि अन्तिम क्वार्टरफाईनलको खेलमा आईतबार बाघभैरव युवा क्लव र निजगढ युवा क्लव ए बीच प्रतिस्पर्धा हुनेछ ।

Advertisement

खेल शहिद हिरालाल रंगशालामा २ः३० बजे हुनेछ । प्रतियोगिताको बिजेताले १ लाख रुपैंया प्राप्त गर्नेछ भने उपविजेताले ४५ हजार रुपैंया प्राप्त गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*