भारतमा ‘टम एण्ड जेरी’को आक्रामक व्यापार

नवयुग संवाददाता
९ फाल्गुन २०७७, आईतवार १६:४९

 

Advertisement

 

Advertisement


हलिउडको एनिमेशन फिल्म ‘टम एण्ड जेरी’ लगभग एक वर्षपछि भारतीय सिनेमा घरहरुमा रिलिज भएको छ।

Advertisement

वार्नर ब्रदर्स प्रोडक्शन हाउसले निर्माण गरेको फिल्म १९ फेब्रुअरीदेखि रिलिज गरिएको हो।

Advertisement

फिल्मको ट्रेलर रिलिज भएपछि मात्र मुम्बईमा एडभान्स बुकिङ सुरू गरिएको थियो। यस फिल्म अंग्रेजी र चार भारतीय भाषाहरूमा गरि देशभर ६ सय स्क्रिनमा रिलिज गरिएको छ।

अग्रिम बुकिङ खुल्ने दिनमा हलहरु भरिएका थिए। बेंगलुरु, हैदराबाद र चेन्नईमा पनि यो फिल्मले राम्रो व्यापार गरेको छ।

यद्यपि, दिल्लीको व्यापार भने सन्तोषजनक नरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ।

यद्यपि फिल्मको सुरुवाति व्यापार राम्रो भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

तर हालसम्म फिल्मले कति व्यापार गर्‍यो भनेर खुलाई सकेको छैन।

सिनेपोलिस मल्टिप्लेक्सका वरिष्ठ उपाध्यक्ष कुणाल सहनी भन्छिन् फिल्मले अपेक्षा गरेभन्दा राम्रो व्यापार गरेको छ।

यसअघि वार्नर ब्रदर्सको फिल्म ‘पोकेमोनः डिटेक्टिभ पिकाचू’ २०१९ मा भारतमा रिलिज गरेको थियो। यसले राम्रो व्यापार गरेको थियो।

यता डिस्नीको एनिमेसन फिल्म ‘अनवर्ड’ मार्च, २०२० मा भारतमा रिलिज गरिएको थियो। लकडाउन अघि रिलिज भएको फिल्मले एक हप्तामा करिव २।२५ करोडको व्यापार गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*