प्रदेश २ का प्रमुख राजेश झालाई ५१ किलोको मालाले स्वागत

नवयुग संवाददाता
९ फाल्गुन २०७७, आईतवार १७:२९

Advertisement

प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झा ‘अहिराज’लाई जनकपुरमा ५१ किलोको मालाले स्वागत गरिएको छ।

Advertisement

प्रदेश प्रमुख भएपछि जनकपुर गएका झालाई नेकपा ओली समूहको युवा संघ नेपालले जनकपुर विमानस्थलमा स्वागत गरेको हो।

Advertisement

रौतहटका झालाई फागुन ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ को प्रदेश प्रमुख (गभर्नर) मा नियुक्त गरेकी हुन्।

Advertisement

राष्ट्रपतिले सो प्रदेशका प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरी झालाई नियुक्त गरेकी हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*