गोरखामा मृत भेटिए एकै परिवारका तीन जना

नवयुग संवाददाता
१० फाल्गुन २०७७, सोमबार ११:०२

Advertisement

गोरखा । गोरखाको बारपाकमा एकै परिवारका तीन जना मृत भेटिएका छन्।

Advertisement

गोरखा प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङका अनुसार बारपाक सुलिकोट गाउँपालिका –१ बारपाकमा एक जना वृद्ध र एक बालिका र एक जना महिला सोमबार बिहान मृत भेटिएका हुन्।

Advertisement

हिजो राति सुतेका उनीहरू बिहान अबेरसम्म नउठेपछि छिमेकीहरूले घरमा हेरेका थिए।

Advertisement

ुउनीहरूको मुखमा फिँज आएको छ। अहिले बारपाक प्रहरी चौकीको टोली घटनास्थलमा पुगिसकेको छ,’ एसपी गुरुङले भने,‘उनीहरूको अवस्था हेर्दा हत्या गरेजस्तो देखिन्न। घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय जौंबारीको टोली जाँदै छ।’

मृत्यु भेटिनेमा ८४ वर्षीय डिलबहादुर गुरूङ, २१ वर्षीया आइतकुमारी गरूङ र १३ वर्षीया उषा गुरूङ छन्।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*